News
बागलुङमा सेभेन ए साईड फुटबल प्रतियोगिता हुँदै

बागलुङ । यही पुस २७ देखि माघ १ गतेसम्म यहाँ प्रथम मेमोरियल सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगिताको पुस २६ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ ।
टिमदर्ता शुल्क भने ६००० तोकिएको छ । त्यस्तै डिपोजिट वापत त्यसमा १००० थप लाग्ने पनि आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६६,६६६ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही नगद ३–३ हजार र ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments