News
११औं होराइजन कप माघ १ गतेदेखि

मध्यनेपाल । क्षितिज युवा क्लब, मध्यनेपाल–२, सोतीपसल, लमजुङको आयोजनामा आउँदो माघ १ गतेदेखि प्रथम नेत्र बहादुर गुरुङ स्मृति रनिङ शिल्ढ ११औं होराइजन कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
लमजुङ स्थित आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको पुस २९ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७५०० र धरौटी वापत १००० तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments