काठमाडौं । नेपाल मै आयोजना हुन गईरहेको साफ यु–१६ महिला च्याम्पियनसिपमा पनि दक्षिण एसियाका चार टोलीहरुले मात्र सहभागिता जनाउने भएका छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगितामा चार टोलीहरुको मात्र सहभागिता तय भएको हो ।
आगामी मार्च १ देखि १० तारीख (फागुन १८ देखि २७ गतेसम्म) हुन गईरहेको प्रतियोगितामा आयोजक नेपालसहित भारत, भुटान र बंगलादेशले सहभागिता जनाउने छन् । स्मरण रहोस, बंगलादेशमा फेब्रुअरी पहिलो सातादेखि शुरु हुन गईरहेको साफ यु–१९ महिला च्याम्पियनसिपमा पनि यी चार टोलीहरु मात्र सहभागि छन् ।
साफले निकालेको यु–१६ महिला च्याम्पियनसिपको खेलतालिका अनुसार सबै खेलहरु च्यासल स्टेडियममा हुनेछन् । सिंगल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा मार्च १ तारीखका दिन भारत र भुटान भिड्ने छन् । त्यसको भोलीपल्ट नेपालले बंगलादेशको सामना गर्नेछ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल