
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असर नेपालमा पनि देखिएको छ ।
मुलुक दुई साता देखि लकडाउनमा रहेको छ । यसको असर दैनिक ज्याला गर्ने मजदुर हरुमा प्रत्यक्ष देखा समेत परेका छ । सातौ संस्करणको सिमरा गोल्डकप बिजेता बनेर चर्चा बटुलेको टिम बिजय युथ क्लबले सामाजिक कार्यलाई पनि तिब्रता दिईरहेको पाईएको छ ।
क्लबले बुधबार सदस्य तथा खेलाडीहरुले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौँडामा पुगेर विजय यूथका २३ जनाले रक्तदान गरेको थिए यस्तै क्लबले बिभिन्न वडामा रहेका दैनिक ज्यालादारी गर्ने, अपाङ्गता भएको र असाहाय समेत गरी एक सय एघार घर परिवार लाई दैनिक उपभोग गर्ने खाद्यान्न प्रति परिवार (चामल–७ केजि, नुन २ केजि, दाल २ केजि, साबुन, चाउचाउ, तेल, मस्यौरा) लगाएत सामाग्री हस्तान्तरण गरिएको क्लबका अध्यक्ष सुदिप राजबहाकले जानकारी दिए ।
उनले सरकारले घोषणा गरेको सामाजिक दुरी र हुलमुल नगरी घर घरमा लगेर राहत बितरण गरिएको जानकारी दिए ।
उहाले बिपदमा हामी नेपाली सबै एकजुट भएर लाग्नुपर्ने सबै मिलेर यसको सममना समेत गर्नुपर्ने बताउनु भयो । अध्यक्ष राजबहाक हेटौडा उपमहानगरपालिका २ नम्बर वडाको जनप्रतिनिधि (वडा सदस्य) पनि हुनुहुन्छ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा