
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद साग का पदक विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार राखेपले सम्बिन्धत खेलाडीको बैंक खातामा पठाएको छ ।
जम्मा ४ सय ३५ पदक विजेता खेलाडीका लागि १७ करोड ५३ लाख रुपैयाँ पठाइएको हो ।
त्यस मध्ये ९२ पदक विजेताको ३ करोड ६३ लाख तथा ८७ खेलाडीको ४ करोड ८२ लाख रुपैयाँ गत चैत मसान्तमै खेलाडीको खातामा पठाइएको थियो । बाँकी खेलाडीको पुरस्कार रकम बुधबार पठाएको हो ।
नेपाली फूटबल पुरुष खेलाडीहरुको हकमा प्रती खेलाडी रु ६ लाख पठाईएको राखेपले जनाएको छ। एन्फाले अरु ५ पाँच लाख दिने घोषणा गरीसकेको छ। महिला खेलाडीको हकमा प्रती खेलाडीले ४ लाख प्राप्त गरेको राखेपले जनाएको छ।
प्रशिक्षक र संघको पुरस्कार क्रमैसंग पठाइने छ ।
१३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी कुल २०७ पदक जितेको थियो ।
१३ औं सागको उपलब्धी नेपालले दक्षिण एसियाली खेलकुदमा हासिल गरेको अहिले सम्मकै ठूलो उपलब्धी हो ।
व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई ९ लाख, रजतलाई ६ लाख र कांस्यलाई ३ लाख तथा टिममा स्वर्णलाई ६ लाख, रजतलाई ४ लाख र कांस्यलाई २ लाखका दरले पुरस्कार पठाइएको छ । पुरस्कार रकममा कर कट्टा गरिएको छैन ।