News
अर्खौलेलाई नागेश्वरी कपको उपाधि
अर्खौले । यहाँ सम्पन्न नागेश्वरी कप नकआउट फुटबल प्रतियोगिताको उपाधि टिम अर्खौले, महालक्ष्मी–७, धनकुटाले जितेको छ । फाइनलमा अर्खौलेले मुर्तिढुंगा फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।
अर्खौलेको जितमा सिजल राई र पबिन्द्र राईले एक–एक गोल गरे । विजेता बनेको अर्खौलेले उपाधिसहित नगद ५११५० रुपैयाँ हात पार्यो भने उपविजेता मुर्तिढुंगाले २५५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
अर्खौलेका विशिष्ठ व्यक्तित्व स्व.ओममाया घलेको स्मृतिमा नागेश्वरी युथ समूह, महालक्ष्मी–७, धनकुटाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा