
हेटौडा । रारा फुटबल क्लब, धनकुटा यहाँ जारी छैठौं स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ राराले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गरेको हो । गौरीटार रंगशालामा भएको खेलमा राराका लागि अजयी मार्टिन्स र सुशिल लामाले गोल गरे ।
खेलमा रारा कै अजयी मार्टिन्स म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन २० गते शनिबारको पहिलो क्वाटरफाइनल खेल चर्च ब्वाईज युनाइटेड र न्युरोडटिम (एनआरटी) बीच हुने आयोजकले जानकारी दियो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा न्यु डाँफे फुटबल क्लब, हेटौडाको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेृछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा