
काठमाडौं (एजेन्सी) । रोमाञ्चक जितका साथ दक्षिण कोरिया जारी एएफसी एसियन कपको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । शुक्रबार अबेर राती सम्पन्न दोस्रो क्वाटरफाइनलतर्फ कोरियाले १० खेलाडीमा सिमित हुन पुगेको अष्ट्रेलियालाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
अल वकराह शहरमा भएको खेलको ४२औं मिनटमा क्रेग गुडविनको गोलबाट अष्ट्रेलियाले खेलमा अग्रता बनाए पनि दक्षिण कोरियाले खेलमा रोमाञ्चक पूनःरगामन गर्यो । खेलको इन्जुरी समयमा ह्वाङ हि चानले पेनाल्टी मार्फत दक्षिण कोरियाका लागि बराबरी गोल फर्काए ।
निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समय १०५+४औं मिनटमा एडन ओ’निलले बक्स नजिक कोरियाली खेलाडीलाई फल गर्दा उनले रातो कार्डको सामना गर्नुपर्यो । त्यही फल नै खेलको टर्निङ प्वाइन्ट पनि बन्यो ।
उक्त फलमा पाएको फ्रिकिकलाई कोरियाका स्टार कप्तान सोन ह्युङ–मिनले सुन्दर गोलमा परिणत गर्दै टोलीलाई अन्तिम चारको यात्रामा पुर्याउन सफल भए । कोरियाले अब ६ फेब्रुअरीका दिन हुने पहिलो सेमिफाइनलमा जोर्डनको सामना गर्नेछ ।
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने