
हेटौडा । रारा फुटबल क्लब, धनकुटा यहाँ जारी छैठौं स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलमा राराले दावेदार मानिएको र भर्खरै पोखरा गोल्डकपको उपाधि जितेको त्रिभुवन आर्मी फुटबल क्लबलाई सडन डेथमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
त्यसअघि गौरीटार रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलको शुरुवात मै रास बहादुर मगरको गोलबाट अग्रता बनाएको आर्मीले त्यसलाई जोगाउन सकेन । खेलको अन्तिमतिर अजयी मार्टिन्सले राराका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।
खेलको नतिजा टाईब्रेकरबाट पनि निस्किन नसकेपछि सडन डेथमा राराले आर्मीलाई ५–४ ले निराश तुल्यायो । खेलमा राराका गोलरक्षक दिप कार्की म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्र्तगत माघ २३ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल थ्रीस्टार क्लब र एपिएफ बीच हुने आयोजकले जानकारी दियो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा न्यु डाँफे फुटबल क्लब, हेटौडाको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेृछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा