News
जितका साथ मच्छिन्द्र युथ लिग च्याम्पियन
काठमाडौं । बुधबार सम्पन्न एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । एन्फा कम्प्लेक्समा भएको लिग चरणको अन्तिम खेलमा मच्छिन्द्रले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले हराउँदै च्याम्पियन बनेको हो ।
विजेता बनेको मच्छिन्द्रले उपाधिसहित नगद १ लाख हात पार्यो भने दोस्रो स्थान हासिल गरेको नेपाल एपिएफले ५० हजार सहित ट्रफीमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ नेपाल पुलिस क्लबका सुबास बम प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । मच्छिन्द्रका पेम्बा नर्बु भुटिया उत्कृष्ट गोलरक्षक बने । संकटाका सबिन लुंगेली मगरले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको प्रतियोगितामा ए डिभिजनका कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)