
हेटौडा । यहाँ जारी छैठौं स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप अन्र्तगत दोस्रो सेमिफाइनलमा एपिएफ विरुद्ध भिड्न लागेको बागमती युवा क्लब, सर्लाहीका खेलाडीहरुलाई राईट लेन ऐजुकेशन कन्स्ल्टेन्सीले आकर्षक पुरस्कारको घोषणा गरेको छ ।
बागमती क्लबको मुख्य प्रायोजक पनि रहेको राईट लेनले स्थानीय खेलाडीहरुलाई प्रोत्साहन मिलोस र खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकुन् भनेर आज एपिएफ विरुद्ध एक गोल गर्ने खेलाडीलाई १० हजार, दुई गोल गर्ने खेलाडीलाई २५ हजार र ह्याट्रिक गर्ने खेलाडीलाई ५० हजार नगद दिने घोषणा गरेको छ ।
स्थानीय खेलाडहिरुको बाहुल्य रहेको बागमतीले आज दिनको २ः३० बजेदेखि शुरु हुने खेलमा सशस्त्र प्रहरीको एपिएफसँग दोस्रो सेमिफाइनल खेल्दैछ । जित हात पार्ने टोलीले शनिबार हुने फाइनलमा एनआरटीसँग उपाधिका लागि भिड्नेछ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । खेलको प्रत्यक्ष प्रसारण गोलनेपालले गरिरहेको छ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा