News
मनकामना सेमिफाइनलमा प्रवेश
काठमाडौं। मनकामना सेकेण्डरी स्कुल, जोरपाटी नेपाल एपीएफ स्कुल, कीर्तिपुरको आयोजनामा जारी प्रथम NAPFS अन्तर-विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता-२०८० को सेमिफाइनलमा प्रवेश गरेको छ ।
मनकामनाले जेम्स स्कुल, धापाखेललाई ३-२ को गोल अन्तरले पराजित गरी सेमिफाइनल प्रवेश गरेको हो । खेलमा मनकामनाका विवेक लामिछाने म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत फागुन ३ गते तीन क्वाटरफाइनल खेलहरु हुनेछन । जसअन्तर्गत नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) विरुद्ध नेपालय ईङ्गलिस पब्लिक स्कुल भिड्नेछ भने नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) विरुद्ध नेपाल पुलिस स्कुल, साँगा, काभ्रे भिड्नेछ ।
त्यस्तै सैनिक आवासीय महाविद्यालय, सल्लाघारी विरुद्ध लेबोरेटरी माध्यामिक विद्यालय, कीर्तिपुरले खेल्नेछ ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन