
बागमती । उत्कृष्ट जितका साथ त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं यहाँ जारी छैठौं बागमती गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा आर्मीले घरेलु टोली बागमती गाउँपालिका खेलकुद विकास समिती, मकवानपुरलाई ४-० ले हराउँदै सेमिफाइनल स्थान पक्का गरेको हो ।
आर्मीको जितमा जिलेस्पी जंग कार्की, कमल थापा, फत्तेमान घले र रस बहादुर मगरले गोल गरे । खेलमा अर्मीका फत्तेमान घले म्यान अफ द म्याच समेत चुनिए ।
प्रतियोगिता अन्तर्गत फागुन ७ गते सोमबारको पहिलो सेमिफाइनल खेल मच्छिन्द्र फुटबल क्लब, काठमाडौं र न्युरोडटिम (एनआरटी) बीच हुने आयोजकले जानकारी दियो ।
बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा