काठमाडौं । पछिल्लो समय यता एन्फाको आन्तरिक कलह, फितलो व्यवस्थापन र अनिश्चित फुटबल गतिविधी कै कारण सुनिश्चित भविष्यको खाका कोर्न विदेशिने नेपाली खेलाडीहरुको लर्को नै लागिसकेको छ । यही लर्कोमा अब रुपेश अधिकारी पनि थपिएका छन् ।
सोसल वेलफेयर स्पोर्टस सेन्टर क्लबका लागि सी डिभिजन खेलेका र मिडफिल्डमा राम्रो सम्भावना बोकेका अधिकारीले पनि नेपाल मै रहेर फुटबलमा आफ्नो भविष्य नदेखेपछि विदेशिने निर्णय लिएका हुन् । उनी सुनिश्चित भविष्यका लागि दुबई पुगेका छन् ।
अधिकारीका अनुसार उनले दुबईमा नयाँ क्लब पनि पाइसकेका छन् । कामसँगै फुटबल खेललाई पनि निरन्तरता दिने सोंचमा रहेका अधिकारीले दुबईमा नेपाली समुदायद्वारा स्थापित रोयल गुर्खा फुटबल क्लबका लागि खेल्नेछन् ।
अधिकारीका अनुसार देश मै खेल्ने र कमाउने सम्भावना नदेखेर विदेशिने खेलाडीहरुको सूची अझै लम्बिने बताउँछन् । यसबारे सम्बन्धित निकायले गम्भिरताका साथ चासो लिएर आवश्यक कदम चाल्नुपर्ने अधिकारीको भनाई छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न