काठमाडौं । पहिलोपटक सहभागिता जनाईरहेको नेपालले साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपतर्फ उत्कृष्ट शुरुवात गरेको छ । समूह बी मा रहेको नेपालले मंगलबार आफ्नो पहिलो खेलमा सिरियालाई ४–१ ले हराउँदै उत्कृष्ट शुरुवात गरेको हो ।
जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा भएको खेलमा नेपाल शुरुवातबाटै हावी देखियो । खेलको नवौं मिनट मै अमिषा कार्कीको गोलबाट नेपालले खेलमा अग्रता बनाएको थियो । लगतै १२औं मिनटमा अनिता बस्नेतले त्यो अग्रता दोब्बर पारिन् ।
१८औं मिनटमा साबित्रा भण्डारीले तेस्रो गोल गर्दै पहिलो हाफ मै नेपालको पकड बलियो बनाईन् । उता पहिलो हाफ कै ४३औं मिनटमा नोर मोस्तफाले सिरियाका लागि एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि सफल हुन सकिनन् ।
खेलको ६८औं मिनटमा रेखा पौडेलले नेपालका लागि चौथो गोल गर्दै टोलीको उत्कृष्ट जित पक्का गरिन् । नेपालले आफ्नो आगामी खेल बिहीबार इराकसँग खेल्नेछ भने सोही दिन सिरियाले प्यालेस्टाइनको सामना गर्नेछ ।
समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । समूह ए मा आयोजक साउदी अरेबियासँगै जोर्डन, लेबनान र गुआम रहेका छन् ।
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा