
काठमाडौं । पहिलो सहभागिता मै उपाधि नजिक समेत पुगेको नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा साविक विजेता जोर्डनसँग पराजित हुन पुगेको छ ।
साउदी शहर जेद्दाह स्थित प्रिन्स अब्दुलाह अल–फैजल स्पोर्टस सिटी स्टेडियममा भएको खेलमा नेपालले जोर्डनसँग टाईब्रेकरमा हार बेहोर्न पुग्यो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलको २९औं मिनटमा सबिता राना मगरको गोलबाट अग्रता बनाएको नेपालले त्यो अग्रता कायम राख्न सकेन ।
७३औं मिनटमा लाना फेराजले जोर्डनका लागि बराबरी गोल फर्काईन् । त्यस्तै ८९औं मिनटमा सराह अबु–सबाले जोर्डनका लागि दोस्रो गोल गरिन् ।
तर, जोर्डनले पनि त्यो गोलको खुशी धेरैबेर मनाउन सकेन । इन्जुरी समयमा नेपालले पेनाल्टीको अवसर पायो । जसलाई गीता रानाले कुनै गल्ती नगरी गोलमा परिणत गरिन् ।
निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा भने जोर्डनले नेपालमाथि ५–३ को नतिजा निकाल्दै उपाधि रक्षा गर्न सफल भयो । अमृता जैसीको पेनाल्टी प्रहार विपक्षी गोलरक्षकले जोगाएपछि नेपाल निराश बन्न पुग्यो ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)