
हेटौडा । यहाँ जारी नवौं हेटौडा भेट्रान्स कप एट ए साईड राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा बुधबार पनि पाँच खेलहरु सम्पन्न भएका छन् । पहिलो खेलमा एबिसी भेट्रान्सले नागस्वती भेट्रान्सलाई टाईब्रेकरमा ३–१ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा एबिसीका सुर्य शर्मा तिमल्सिना म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा किंगडम भेट्रान्सले बिरगंज युथ भेट्रान्सलाई शून्यका विरुद्ध ५ गोलले हरायो । खेलमा किंगडमका जगतमान लामा म्यान अफ द म्याच चुनिए । तेस्रो खेलमा काठमाडौं किकर्स भेट्रान्सले बिरगंज सिटी भेट्रान्सलाई २–१ ले हरायो । खेलमा काठमाडौं किकर्सका नबिन पाण्डे म्यान अफ द म्याच घोषित भए ।
चौथो खेलमा हेटौडा भेट्रान्स (ए) ले हरिवान भेट्रान्सलाई ६–१ को फराकिलो अन्तरले हरायो । खेलमा हेटौडा भेट्रान्सका राकेश श्रेष्ठ म्यान अफ द म्याच बने । त्यस्तै पाँचौं तथा दिनको अन्तिम खेलमा बानेश्वर भेट्रान्सले चितवन भेट्रान्सलाई टाईब्रेकरमा ३–१ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा बानेश्वरका प्रदिप तण्डुकार म्यान अफ द म्याच चुनिए ।
हेटौडा भेट्रान्स क्लब, हेटौडा, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २६ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा