News दुधौली स्पोर्टस क्वाटरफाइनलमा
गोलनेपाल

सिरहा । दुधौली स्पोर्टस कलब, सिन्धुली यहाँ जारी शहिद हेमनारायण गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वाटरफाइनलतर्फ दुधौलीले आयोजक सलहेश युवा क्लब (निलो) लाई ५–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

सिरहा बहुमुखी कयाम्पसको खेलमैदानमा भएको खेलमा दुधौलीका लागि समिर राई एक्लैले चार गोल गरे । त्यस्तै बिष्णु दनुवारले थप एक गोल गरेका थिए । उता पराजित सलहेशका लागि राजाबाबु मिस्टरले एक मात्र सान्त्वना गोल फर्काएका थिए । खेलमा ह्याट्रिकसहित चार गोल गरेका दुधौलीका समिर राई म्यान अफ द म्याच चुनिए ।

सलहेश युवा क्लब, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ७१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ३५ हजार प्राप्त गर्नेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही फागुन ३० गतेका दिन हुनेछ ।

Post Comments