News
फराकिलो हारसँगै नेपालको चुनौति समाप्त
काठमाडौं । साफ यु–१६ महिला च्याम्पियनसिपतर्फ निर्णायक मानिएको खेलमा आयोजक नेपालले भारतसँग फराकिलो अन्तरको हार बेहोरेको छ । बिहीबार एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले भारतसँग शून्यका विरुद्ध १० गोलको फराकिलो अन्तरले हार बेहोर्यो ।
यो हारसँगै नेपालको चुनौति समाप्त भएको छ भने भारत फाइनलमा प्रवेश गरेको छ । बिहीबारको नतिजापछि समान ६–६ अंक जोडेका बंगलादेश र भारत शिर्ष दुई स्थानमा छन् र फाइनलमा स्थान बनाउन सफल भएका छन् ।
बंगलादेशले समूह चरणको अन्तिम खेलमा शुक्रबार भुटानको सामना गर्दैछ । तुलनात्मक रुपमा प्रतियोगिताको कमजोर प्रतिद्वन्द्वीका रुपमा रहेको भुटानलाई हराउन सके बंगलादेश शतप्रतिशत जितका साथ फाइनलमा प्रवेश गर्नेछ । स्मरण रहोस, बंगलादेश गत संस्करणको उपविजेता पनि हो । उपाधि भने रसियाले जितेको थियो । यसपटक रसिया सहभागि छैन ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल