News १४औं इटहरी गोल्डकप रात्रीकालिन हुने
गोलनेपाल

इटहरी । मोफसलको प्रतिष्ठित मध्ये एक इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको १४औं संस्करण रात्रीकालिन रुपमा आयोजना हुने भएको छ । आयोजकका अनुसार इटहरी रंगशालामा हुने प्रतियोगिताको खेलहरु साँझ ६ बजेदेखि शुरु हुनेछन् ।

यही चैत १० देखि १७ गतेसम्म हुन गईरहेको प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाउने छन् । जसमा त्रिभुवन आर्मी फुटबल क्लब, कञ्चनजंघा एफसी (भारत), सगरमाथा युथ क्लब, न्युरोडटिम (एनआरटी), चर्च ब्वाईज युनाइटेड, एर्पिएफ एफसी, राष्ट्रिय जागृति क्लब, इटहरी र बिर्तामोड युनाइटेड, झापा रहेकाछन् ।

कन्ट्रोल लुब्रिकेन्ट्स मूख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । व्यक्तिगत विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments