News
तेस्रो परवानीपुर गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)

बिरगंज । शक्ति युवा क्लब, बिरगंज–२१, परवानीपुरको आयोजनामा हुन गईरहेको तेस्रो परवानीपुर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बिरगंज–२१ स्थित परवानीपुर खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा चैत ३ गतेका दिन आयोजक शक्ति युवा क्लब र बिरगंज युथ एकेडेमी भिड्ने छन् । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने चैत १० गतेका दिन हुने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरसकारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments