News आहना क्वाटरफाइनलमा प्रवेश
सुरज राना मगर

ओमसतिया । आहना फुटबल क्लब, बुटवल यहाँ जारी ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । शुक्रबार भएको अन्तिम प्रिक्वाटरफाइनलतर्फ आहनाले डिवाइसी, कोटहीमाईलाई शून्यका विरुद्ध ३ गोलले हरायो ।

ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको खेलमा आहनाका लागि अनुप गुरुङ, मिलन आले र समुन्द्र ज्ञवालीले गोल गरे । खेलमा आहनाका मिलन आले म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत चैत ३ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र समपुर्ण युवा क्लब, सुपौली बीच हुने खेल संयोजक बिष्णु बरालले जानकारी दिए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १० गतेका दिन हुनेछ ।

Post Comments