काठमाडौं (एजेन्सी) । फुटबलको नियम बनाउने निकाय इन्टरेशनल फुटबल एसोसिएशन बोर्ड (आइफेब) ले आगामी सिजनदेखि पाँच वैकल्पिक खेलाडी खेलाउने पाउने बताएको छ ।
यद्यपि अतिरिक्त वैकल्पिक खेलाडीलाई खेलाउने वा नखेलाउने यो निर्णयबारे प्रत्येक प्रतियोगितामा स्वयम् सम्बन्धित आयोजकले निर्णय लिन पनि सक्ने छन् ।
BREAKING: Five substitutes will be allowed next season, football lawmakers have announced following a meeting of the International Football Association Board.
— Sky Sports News (@SkySportsNews) July 15, 2020
बोर्डका अनुसार हाल महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण फुटबल खेलाडीहरुमा थप मैदान भित्र हुने खेलको चाप कम होस भनेर उनीहरुकै हितमा यो निर्णय गरिएको बताएको छ ।
बोर्डले संशोधन गरेको यो नयाँ नियम लिग प्रतियोगिताहरुमा आगामी बर्षको ३१ जुलाईसम्म मान्य रहने बताइएको छ भने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको हकमा यो नियम सोही बर्षको जुलाई–अगस्त रहने बताइएको छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न