News
पहिलो अंक कै खोजीमा नेपाल
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनोट २०२७ को दोस्रो चरणको छनौटतर्फ समूह एचमा रहेको नेपालले बहराईन विरुद्ध आज मध्यराती महत्वपूर्ण अवे म्याच खेल्दैछ ।
दुर्भाग्यपुर्ण रुपमा आफ्नो घरेलु म्याच पनि बहराईन मै खेलेको नेपालले सो खेलमा बहराईनसँग शून्यका विरुद्ध ५ गोलको हार बेहोरेको थियो । नेपालले हालसम्म खेलेको कुल ३ खेलहरुमा अहिलेसम्म अंक जोडेन सकेको छैन ।
बहराईनको रिफा शहर स्थित बहराईन नेशनल स्टेडियममा राती १२ः४५ बजेदेखि शुरु हुने आजको खेलमा नेपाल पहिलो अंकको खोजीमा हुनेछ । यद्यपि फिफा वरियताको १७५औं स्थानमा रहेको नेपाललाई ८२औं स्थानमा रहेको बहराईनसँगको चुनौति त्यति सहज भने पक्कै हुनेछैन ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान