News फर्साटिकर दोस्रो न्ँयु युथ युनियन कपको सेमिफाइनलमा
सुरज राना मगर

तानसेन । फर्साटिकर युवा क्लब, फर्साटिकर यहाँ जारी दोस्रो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । फर्साटिकरले युनाइटेड युथ, पाल्पालाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

तानसेन स्थित टुंडिखेल मैदानमा भएको पहिलो क्वाटरफाइनल भिडन्तमा फर्साटिकरका लागि दुवै गोल सुजन रानाले गरे । निर्णायक दुई गोल गरेका फर्साटिकरका सुजन राना नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तर्गत चैत १६ गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल न्यु एकता क्लब, पाल्पा र नेगोसिदा क्लब, बुटवल बीच हुने खेल संयोजक सन्दिप केसीले जानकारी दिए ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।

Post Comments