News
मकवानपुर जिल्ला फुटबल संघका कोषाध्यक्ष लुङ्बालाई नयाँ जिम्मेवारी

हेटौडा । नगर खेलकुद विकास समिति हेटौंडा १३ को संयोजकमा मकवानपुर जिल्ला फुटबल संघका कोषाध्यक्ष अमृत लुङ्बा चयन भएका छन् । हालै सम्पन्न भएको भेलाले लुङ्बाको संयोजकत्वमा समिति गठन गरेको हो ।
त्यस्तै समितिको सदस्यहरुमा ज्ञानु मोक्तान, श्यामकुमार लामा,तेजबहादुर वाइबा, मदन बल, उमेश लुङ्बा, विशाल थिङ, कमल मोक्तान, कविन सिन्तान र प्रमिला राई रहेका छन् । हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडा अध्यक्ष पेम्बा लामाको उपस्थितमा खेलकुद विकास समिति वडा समिति गठन भएको हो ।
वडा नं १३ को खेलकुद बिकास समितिको जिम्मेवारी पाउनु भन्दा अघि पनि आफु खेलकुद बिकासमा लागिपरेको बताउदै लुङबाले थप जिम्मेवारी बढेको र १३ न वडाको खेलकुद बिकास गर्न कुनै पनि कसर बाकी नराख्ने बताए ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा