भार्से । ‘भार्से विकासको आधार कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ थाप्ले क्लब, सत्यवती–८, भार्से, गुल्मीको आयोजनामा यही चैत २५ गतेदेखि थाप्ले कप खुला नाइन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
आउँदै गरेको नयाँ वर्ष २०८१ सालको अवसर पारी आयोजना हुन गईरहेको प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । भार्से माविको खेलमैदानमा हुने प्रतियोगिताको समापन भने चैत २९ गतेका दिन हुने पनि आयोजकले जनाएको छ ।
सत्यवती गाउँपालिका कार्यालय, जोहाङ, गुल्मी, सत्यवती गाउँपालिका वडा नम्बर ८, भार्से र रानीवन होम स्टे, भार्सेको सह–आयोजना रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)