News
खेलाडीहरु विदेशिने क्रम अझै जारी
काठमाडौं । फुटबलमा देखिएको निराशा र अनिश्चित भविष्य कै कारण क्षमता र योग्यता भएका कतिपय फुटबल खेलाडीहरु विदेश पलायन हुन बाध्य छन् । कोही पारिवारिक जिम्मेवारी र सुनिश्चित भविष्यका लागि पनि विदेशिरहेका छन् । र, हाल पनि यो क्रम जारी छ ।
विदेशिने सोही खेलाडीहरुको सूचीमा अहिले रोशन भुजेल, सनम राई र योगेश राई थपिएका छन् । आरसिटीबाट खेलेका रोशन, चर्च ब्वाईजबाट खेलेका सनम र टुसाल युथबाट खेलेका योगेशले नेपाल मै फुटबल खेलेर भविष्य नदेखेपछि विदेशिएका हुन् ।
यी तीनै खेलाडीहरु वैदेशिक रोजगारका लागि मलेसिया प्रस्थान गर्न लागेका हुन् । निकट स्रोतका अनुसार यी तीन खेलाडीहरुले मलेसियामा कामसँगै स्थानीय कम्युनिटी फुटबल प्रतियोगिताहरु पनि खेल्ने बताइएको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)