काठमाडौं । यहाँ जारी शहिद स्मारक सी डिभिजन लिगतर्फ पुल्चाृक स्पोर्टस क्लब र समाज कल्याण खेलकुद केन्द्र क्लबले आ–आफ्नो खेलमा उत्कृष्ट जित हात पारेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुल्चोकले सामाजिक युथ क्लबलाई ३–० ले हरायो । पुल्चोकको जितमा सुमन श्रेष्ठ, शिरब लो तामाङ र सागर थिङले गोल गर्दै टोलीलाई तीन अंक दिलाउन महत्वपूर्ण योगदान दिए ।
त्यस्तै समाज कल्याणले मनोहरा एकिकृत युवा क्लबलाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हरायो । समाज कल्याणका लागि रोशन क्षेत्रीले लिगको पहिलो ह्याट्रिक गरे । त्यस्तै थप दुई गोल निरज परियार र सन्जिव अर्यालले गरे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद १० लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्नेले ७ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ५ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । लिगमा कुल १४ टोलीहरुले सहभागिता जनाउँदै छन ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान