News
साँगाको जित, गोलबजार र स्वयम्बुको बराबरी
काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ सोमबार स्पोर्टस एकेडेमी साँगाले जित हात पारेको दिन गोलबजार स्पोर्टस क्लब र स्वयम्भु क्लबले भने रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा साँगाले झम्सीखेल युथ क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । साँगाको जितमा साजनराज गौतमले एक मात्र निर्णायक गोल गरे । अर्को खेलमा गोलबजार र स्वयम्भुले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद १० लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्नेले ७ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ५ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । लिगमा कुल १४ टोलीहरुले सहभागिता जनाउँदै छन ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान