News
सी डिभिजन लिगः आरसी३२ को लगातार दोस्रो जित
काठमाडौं । शहिद स्मारक सी डिभिजन लिग अन्तर्गत बुधबार भएको एक मात्र खेलमा आरसी३२ फुटबल एकेडेमीले लगातार दोस्रो जित हात पारेको छ। दोस्रो जित दर्ता गर्ने क्रममा आरसी३२ ले बागमती युवा क्लबलाई शून्यका विरुद्ध ३ गोलले हरायो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलको १०औं मिनटमा बबीन बोहराको गोलबाट आरसी३२ ले खेलमा अग्रता बनाएको थियो । त्यस्तै २९ र ६८औं मिनटमा बिबेक सन्तोषीले थप दुई गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद १० लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्नेले ७ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ५ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । लिगमा कुल १४ टोलीहरुले सहभागिता जनाउँदै छन ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान