फिदिम । यहाँ जारी दोस्रो याङनाम गोल्डकप नकआउट फुटबल प्रतियोगितामा बुधबार आयोजक याङनाम फुटबल क्लब (रातो) र फिदिम नगरपालिकाले जित हात पारेका छन् ।
दिनको पहिलो खेलमा याङनाम (रातो) ले हिलिहाङ गाउँपालिकालाई ४–२ ले हरायो । याङनामको जितमा कप्तान प्रबिन जबेगुले ह्याट्रिक गरे भने थप एक गोल सुसन जबेगुले गरे ।
उता पराजित हिलिहाङका लागि हिटलर सुहाङ र निरोध लिङ्देनले गोल गरे । खेलमा ह्याटिङक गरेका याङनामका कप्तान प्रबिन जबेगु म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा फिदिमले फाल्गुनन्द गाउँपालिकालाई ३–० ले हरायो । फिदिमको जितमा मिराक लिङ्देनले दुई गोल गरे भने थप एक गोल अतिथ आङ्बोले गरे । खेलमा दुई गोल गरेका मिराक लिङ्देन म्यान अफ द म्याच समेत चुनिए ।
याङनाम फुटबल क्लब, फिदिम९१०, पाँचथरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद २ लाख २ हजार हात पार्नेछ भने उपविजेताले लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख २ गतेका दिन हुनेछ ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश