News
कासी स्पोर्टस एकेडेमीलाई नवौं ओसन कपको उपाधि
गोरखा । द ओसन क्लब, गोरखाको आयोजनामा सम्पन्न नवौं ओसन यु–१३ फुटबल प्रतियोगिताको उपाधि कासी स्पोर्टस एकेडेमीले जितेको छ । फाइनलमा कासीले थ्रीस्टार क्लबलाई टाईब्रेकरमा ३–२ ले हराउँदै उपाधि जितेको हो ।
त्यसअघि आयोजक क्लबको टर्फ मैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । टाईब्रेकरमा भने कासी स्पोर्टसले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
विजेता बनेको कासी स्पोर्टस एकेडेमीले उपाधिसहित नगद २० हजार हात पार्यो भने उपविजेता थ्रीस्टारले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी थ्रीस्टारका शितल राई घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी गोर्खा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगर लगायतले पुरस्कृत गरेका थिए ।
Post Comments
Related News
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन