News गुड मर्निङ्ग एफसीलाई उपाधि
सुरज राना मगर

बुटवल । स्व. प्रदिप राना मगर स्मृति खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि गुड मर्निङ्ग फुटबल क्लबले जितेको छ । सोमबार भएको फाइनलमा गुड मर्निङ्गले गौरी फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने गुड मर्निङ्गले गौरुीमाथि ३–२ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।

विजेता बनेको गुड मर्निङ्गले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्यो भने उपविजेता गौरीले ३३,३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

गौरीका गोलरक्षक अंकित क्षेत्री फाइनल खेलको म्यान अफ द म्याच चुनिए । त्यस्तै उअन्य विधातर्फ त्कृष्ट गोलरक्षक गुड मर्निङ्गका अनुप थापा बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार एचवाइसीका किरन शाहीले हात पारे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी गौरी एफसीका निखिल थापा चुनिए भने मोस्ट भ्यालुएबल प्लेयर गुड मर्निङ्ग एफसीका रिम्बा सुनार घोषित भए ।

विजेता, उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथी यमुना काउचा, आयोजक क्लबका संरक्षक घनश्याम श्रेष्ठ, कार्यक्रम संयोजक रोहन राना मगर लगायतले पुरस्कृत गरेका थिए ।

ल्याड बेसक्याम्प बुटवलको आयोजनामा भएको प्रतियोगितामा कुल ३४ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments