कुम्मायक । ‘पुर्वको शान, कुम्मायकको पहिचान’ भन्ने नाराका साथ यही बैशाख १६ गतेदेखि शुरु हुन गईरहेको कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
कुम्मायक–१, यासोक, पाँचथर स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा बैशाख १६ गतेका दिन आयोजक यलम्बर युवा संस्था र धरान फुटबल क्लब भिड्ने छन् ।
यलम्बर युवा संस्था, कुम्मायक, पाँचथरको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,७७,७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
कुम्मायक गाउँपालिकाको कार्यालय, यासोक, पाँचथर प्रवद्र्धक रहेको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल भने बैशाख २२ गतेका दिन हुनेछ ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश