काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ मनोहरा युनाइटेड युथ क्लबले तेस्रो जित हात पार्ने क्रममा बुधबार पुल्चोक स्पोर्टस क्लबलाई ४–१ ले हरायो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा मनोहराका लागि सन्जय श्रेष्ठले दुई गोल गरे भने बिबस मगर र लिला थापा मगरले थप एक–एक गोल गरे । पराजित पुल्चोकका लागि शाइरब लो तामाङले एक मात्र गोल फर्काएका थिए ।
यो जितपछि ४ खेलबाट ९ अंक जोडेको मनोहरा लिगतालिकाको चौथो स्थानमा छ । उता पराजित पुल्चोक भने हारका बावजुद समान ९ अंकका साथ गोल भिन्नताका आधारमा दोस्रो स्थानमा छ ।
बुधबार नै भएको अर्को खेलमा गोलबजार स्पोर्टस क्लब र रानीबन स्पोर्टस क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । गोलबजारका लागि योन्जन हमालले गोल गरे भने रानीबनका लागि हिमान्चल सिंहले गोल गरेका थिए ।
यो नतिजापछि ४ खेलबाट ३ अंक जोडेको रानीबन लिगतालिकाको नवौं स्थानमा छ । उता गोलबजार भने २ अंकका साथ १३औं स्थानमा छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद १० लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्नेले ७ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ५ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । लिगमा कुल १४ टोलीहरुले सहभागिता जनाउँदै छन ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)