News
फुटसल एसियन कपः सेमिफाइनल समिकरण पूरा
काठमाडौं (एजेन्सी) । थाइल्याण्डमा जारी एएफसी फुटसल एसियन कपतर्फ आयोजक थाइल्याण्डसँगै ताजिकिस्तान, इरान र उज्वेकिस्तान सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत बुधबार चार क्वाटरफाइनल खेलहरु सम्पन्न भए ।
पहिलो क्वाटरफाइनलमा ताजिकिस्तानले अफगानिस्तानलाई २–१ ले हरायो । दोस्रो क्वाटरफाइनलमा गत संस्करणको उपविजेता इरानले किर्गिस्तानमाथि ६–१ को एकतर्फी जित निकाल्यो । त्यस्तै तेस्रो क्वाटरफाइनलमा आयोजक थाइल्याण्डले इराकलाई ३–२ ले हराउँदा चौथो क्वाटरफाइनलमा उज्वेकिस्तानले भियतनाममाथि २–१ को जित निकाल्यो ।
अब शुक्रबार हुने दुई सेमिफाइनलतर्फ पहिलो सेमिफाइनलमा थाइल्याण्डले ताजिकिस्तानको सामना गर्नेछ भने सोही दिन हुने दोस्रो सेमिफाइनलमा दुई दावेदार टोली उज्वेकिस्तान र इरान भिड्ने छन् ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि