
काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ मनोहरा युनाइटेड युथ क्लबले तेस्रो जित हात पार्ने क्रममा बुधबार पुल्चोक स्पोर्टस क्लबलाई ४–१ ले हरायो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा मनोहराका लागि सन्जय श्रेष्ठले दुई गोल गरे भने बिबस मगर र लिला थापा मगरले थप एक–एक गोल गरे । पराजित पुल्चोकका लागि शाइरब लो तामाङले एक मात्र गोल फर्काएका थिए ।
यो जितपछि ४ खेलबाट ९ अंक जोडेको मनोहरा लिगतालिकाको चौथो स्थानमा छ । उता पराजित पुल्चोक भने हारका बावजुद समान ९ अंकका साथ गोल भिन्नताका आधारमा दोस्रो स्थानमा छ ।
बुधबार नै भएको अर्को खेलमा गोलबजार स्पोर्टस क्लब र रानीबन स्पोर्टस क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । गोलबजारका लागि योन्जन हमालले गोल गरे भने रानीबनका लागि हिमान्चल सिंहले गोल गरेका थिए ।
यो नतिजापछि ४ खेलबाट ३ अंक जोडेको रानीबन लिगतालिकाको नवौं स्थानमा छ । उता गोलबजार भने २ अंकका साथ १३औं स्थानमा छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद १० लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्नेले ७ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ५ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । लिगमा कुल १४ टोलीहरुले सहभागिता जनाउँदै छन ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न