News
चर्च ब्वाईज फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने
भोजपुर । चर्च ब्वाईज युनाइटेड, काठमाडौ यहाँ जारी सातौं भोजपुर मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाईजले सलहेश युवा क्लब, सिरहालाई २-१ ले हराउँदै उपाधी नजिक पुग्न सफल भएको हो ।
चर्च ब्वाईजको जितमा नवीन लामा र अर्बान्ड बिडुमले गोल गरे । उता पराजित सलहेशका लागि आशिष चापागाईंले एक मात्र गोल फर्काए ।
खेलमा चर्च ब्वाईजका आबायोमी फाकुन्ले म्यान अफ द म्याच घोषित भए । चर्छ ब्वाईजले बैशाख १५ गते शनिबार नै हुने फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग उपाधिका लागि भिड्नेछ ।
भोजपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।
Post Comments
Related News
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा