काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सञ्चालन हुने एन्फा एकेडेमीका लागि यु–१३ छात्र तथा छात्रा फुटबल खेलाडी छनौट कार्यक्रम सम्पन्न भएको छ । एन्फाले आफू मातहतका जिल्ला र प्रदेश फुटबल संघहरुमा विभिन्न मितिहरुमा छनौट कार्यक्रम सञ्चालन गरेको थियो ।
जिल्ला र प्रदेशस्तरीय छनौट कार्यक्रमपश्चात अन्तिम चरणको छनौट कार्यक्रम च्यासल स्टेडियममा भएको थियो । जसअन्तर्गत छात्रतर्फ कुल ७५ र छात्रातर्फ २५ खेलाडीहरु एनफा एकेडेमीका लागि छनौट भएका हुन् ।
एन्फाले छनौट भएका छात्र खेलाडीहरुलाई काठमाडौंसँगै धरान र बुटवलमा रहेको एन्फा एकेडेमीमा राख्नेछ भने छात्रा खेलाडीहरुलाई रौतहटमा रहेको महिला फुटबल एकेडेमीमा राख्नेछ । छनौट भएका खेलाडीहरुले निःशुल्क आवास, अध्ययनसँगै दक्ष प्रशिक्षकद्वारा फुटबल प्रशिक्षण लिन पाउने छन् ।
एन्फा एकेडेमी सञ्चालनबाट आउने दिनहरुमा राष्ट्रका लागि क्षमता र उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने लक्ष्य एन्फाले लिएको छ ।
एन्फा एकेडेमीका लागि छनौटमा परेका छात्र खेलाडीहरुको नामावली


एन्फा एकेडेमीका लागि छनौटमा परेका छात्रा खेलाडीहरुको नामावली

- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)