कुम्मायक । रेड हर्ष क्लब, इलाम यहाँ जारी कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा रेड हर्षले आयोजक यलम्बर युवा क्लब, पाँचथरलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । रेड हर्षको जितमा अर्जुन गुरुङ्गले दुई गोल गरे भने शिशिर लेखीले थप एक गोल गरे । उता पराजित यलम्बरका लागि दिल सबाहाम्फेले एक मात्र गोल फर्काए ।
खेलमा रेड हर्षका अर्जुन गुरुङ्ग म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख २१ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल दमक फुटबल एकेडेमी, झापा र पाँचथर फुटबल क्लब, पाँचथर बीच हुने आयोजकले जानकारी दियो ।
यलम्बर युवा क्लब, पाँचथरको आयोजनमा जारी प्रतियोगिताको बिजेताले टिमले नगद ३ लाख ५५ हजार ५ सय ५५ रुपैँया र उपबिजेता टिमले नगद १ लाख ७७ हजार ७ सय ७७ रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ। फाइनल खेल यही बैशाख २३ गतेका दिन हुनेछ ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश