News
पाँचथर जिल्ला लिगः सयपत्री र पाँचथर युनाइटेडको जित
पाँचथर । पाँचथर जिल्ला फुटबल संघको आयोजनामा यहाँ जारी पाँचथर जिल्ला ए डिभिजन लिग अन्तर्गत सयपत्री क्लब र पाँचथर युनाइटेडले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
दिनको पहिलो खेलमा सयपत्रीले राईजिङ स्टार स्र्पोटिङ क्लबलाई २–१ ले हरायो । सयपत्रीको जितमा लोकेन्द्र थापा र साजन राईले गोल गरे । पराजित राईजिङका लागि सोम राईले एक मात्र गोल फर्काए ।
दोस्रो खेलमा पाँचथर युनाइटेडले पल्लेटार युवा क्लबलाई ३–२ ले निराश तुल्यायो । पाँचथरका लागि दिपेश वेधा, सुवास लक्सम, सुदिप योङयाले गोल गरे । पराजित पल्लेटारका लागि भने बिमल जबेगु र हेमराज सम्वाहाम्फेले गोल फर्काएका थिए ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश