News धरानको फराकिलो जित, राष्ट्रिय जागृतिलाई पनि सफलता
गोलनेपाल

धरान । सुनसरी जिल्ला ए डिभिजन लिगतर्फ धरान फुटबल क्लब र राष्ट्रिय जागृति क्लबले आ–आफ्नो खेलमा महत्वपूर्ण जित हात पारेका छन् ।

धरान रंगशालामा भएको समूह ए तर्फको खेलमा धरानले संयुक्त युवा क्लबमाथि ७–१ को फराकिलो जित हात पार्यो । खेलमा धरानका निकेन राई प्लेयर अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत समूह ए मा जेठ ५ गतेका दिन न्यु स्टार युथ क्लब र गोधुली फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै इटहरी रंगशालामा भएको समूह बी तर्फको खेलमा राष्ट्रिय जागृतिले इटहरी फुटबल क्लबमाथि ४–३ को रोमाञ्चक जित निकाल्यो । खेलमा इटहरीका सेसेहाङ लिम्बु म्यान अफ द म्याच चुनिए । उनले पनि पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत समूह बी मा जेठ ५ गतेका दिन इलेभन एरोज क्लब र गोल्ड स्टार युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ ।

Post Comments