News सी डिभिजन लिगः शिर्ष स्थानमा उक्लियो बागमती
गोलनेपाल

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ शुक्रबार भएको खेलबाट बागमती युवा क्लब, सर्लाहीले शिर्ष स्थानमा कब्जा जमाएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले खालीबारी युवा फुटबल क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो । यो नतिजापछि ८ खेलबाट १७ अंक जोडेको बागमती शिर्ष स्थानमा उक्लिएको हो । खालीबारी भने ९ अंकका साथ लिगतालिकाको दशौं स्थानमा छ ।

शुक्रबार नै भएको अर्को खेलमा महाविर क्लब र सानेपा क्लबले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि सानेपाको खातामा ११ अंक छ भने महाविरको खातामा ९ अंक भएको छ ।

Post Comments