News
सी डिभिजन लिगः शिर्ष स्थानमा उक्लियो बागमती
काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ शुक्रबार भएको खेलबाट बागमती युवा क्लब, सर्लाहीले शिर्ष स्थानमा कब्जा जमाएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले खालीबारी युवा फुटबल क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो । यो नतिजापछि ८ खेलबाट १७ अंक जोडेको बागमती शिर्ष स्थानमा उक्लिएको हो । खालीबारी भने ९ अंकका साथ लिगतालिकाको दशौं स्थानमा छ ।
शुक्रबार नै भएको अर्को खेलमा महाविर क्लब र सानेपा क्लबले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि सानेपाको खातामा ११ अंक छ भने महाविरको खातामा ९ अंक भएको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)