News सिन्धुवा कप फुटसल हुँदै
गोलनेपाल

काठमाडौं । आउँदै गरेको २५६८ औं वुद्ध जयन्ती, उभौली पर्व एवम् चण्डी पूर्णिमाको अवसर पारी यही जेठ ११ र १२ गतेका दिन सिन्धुवा कप फुटसल प्रतियोगिता हुने भएको छ ।

सिन्धुवा खेलमैदानमा हुने प्रतियोगिताको यही जेठ १० गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क २५०० तोकिएको छ ।

चण्डीपुर्णे (रगरगे) मेला तथा सिन्धुवा रन मूल आयोजक समिति, छथर जोरपाटी–६, सिन्धुवा, धनकुटाको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेता २० हजार प्राप्त गर्नेछ ।

 

Post Comments