
ललितपुर । गोदावरी नगरपालिकाको आयोजनामा सम्पन्न भएको प्रथम उपत्यकाब्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको उपाधी काठमाडौं महानगरपालिकाले जितेको छ ।
गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा सम्पन्न फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं महानगरले उपाधी जितेको हो ।
विजेता बनेको काठमाडौंले उपाधीसँगै नगद ५ लाख नगद र कप पनि जितेको छ । त्यस्तै उपविजेता बनेको चन्द्रागिरीले ३ लाख नगद पुरस्कार प्राप्त गरेको छ ।
काठमाडौंका अखिलेश कार्की फाइनल खेलको म्यान अफ द म्याच चुनिए । उत्कृष्ट गोलरक्षक पनि काठमाडौंका सुदिप गिरी बन्दा काठमाडौं कै एरिक बिष्ट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भोषित भए ।
उत्कृष्ट डिफेन्डर चन्द्रागिरीका साहिल राना हुँदा उत्कृष्ट प्रशिक्षकको पुरस्कार काठमाडौंका प्रशिक्षक सन्तोष न्यौपानेले हात पारे । त्यस्तै महालक्ष्मी नगरपालिका अनुशाषित टिम बन्यो ।
किर्तिपुरका यमन महर्जनले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । महर्जनले प्रतियोगिताभरि कुल ६ गोल गरेका थिए । प्रतियोगिताको इमर्जिङ प्लेयर गोदावरी बी का पासाङ तामाङ बने ।
गत बैशाख १५ गतेबाट सुरु भएको प्रतियोगितामा उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा सहभागिता जनाएका थिए ।