काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ आइतबारदेखि शुरु भएको नवौं चरणको शुरुवाती दुई खेलहरुमा लिगलिडर आरसी३२ फुटबल एकेडेमी र झम्सीखेल युथ क्लबले जित हात पारेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्स्मा भएको पहिलो खेलमा आरसी३२ ले गोलबजार स्पोर्टस क्लबलाई २–१ ले हरायो । आरसी३२ का लागि सुजन बलम्पाकी र आशिष लावतीले गोल गरे । पराजित गोलबजारका लागि भने बिनु आले मगरले गोल फर्काएका थिए ।
यो नतिजापछि ९ खेलबाट १६ अंक जोड्दै आरसी३२ शिर्ष स्थानमा उक्लिएको छ । पराजित गोलबजार भने पाँच अंकका साथ लिगतालिकाको पुछारमा छ ।
त्यस्तै अर्को खेलमा झम्सीखेलले मनोहरा युनाइटेडलाई शून्यका विरुद्ध ३ गोलले हरायो । झम्सीखेलका लागि आकाश राना, विवश लिम्बु र अरुण मेचेले गोल गरे ।
यो जितपछि ९ खेलबाट १३ अंक जोडेको झम्सीखेल छैठौं स्थानमा उक्लिएको छ । पराजित मनोहरा भने १४ अंकका साथ चौथो स्थानमा छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान