काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ सोमबार उत्कृष्ट जितका साथ पुल्चोक स्पोर्टस क्लबले शिर्ष स्थानमा कब्जा जमाएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा पुल्चोकले स्पोर्टस एकेडेमी साँगालाई ५–१ ले हरायो ।
पुल्चोकका लागि शिरब लो तामाङले दुई गोल गरे भने सागर थिङ, सुमन श्रेष्ठ र विश्वास बिसी थप एक–एक गोल गरे । उता पराजित साँगाका लागि बिकास परियारले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
यो जितसँगै पुल्चोकले ९ खेलबाट १९ अंक जोडेको छ । र आरसी३२ सँगै समान अंक भए तापनि गोल भिन्नताका आधारमा अगाडी रहँदै पुल्चोकले शिर्ष स्थानमा पकड बनाएको छ । पराजित साँगा भने १२ अंकका साथ सातौं स्थानमा छ ।
सोमबार नै भएको अर्को खेलमा रानीबन स्पोर्टस क्लब र स्वयम्भु क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि स्वयम्भु ६ अंकका साथ लिगतालिकाको १३औं स्थानमा छ भने रानीवन ७ अंकका साथ १२औं स्थानमा छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान