काठमाडौं । पछिल्लो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका युवा स्टार आयुष घलान फिफा विश्वकप छनौट अन्तर्गत युएई र यमन विरुद्धको खेलका लागि राष्ट्रिय टोलीको फाइनल स्क्वाडमा फर्किएका छन् ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार घोषणा गरेको २३ सदस्यीय फाइनल स्क्वाडमा आयुषले पूनःरागमन गरेका हुन् । त्यस्तै टोलीमा बसन्त जिम्बा र आशिकबाबु चौधरीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
स्मरण रहोस, विश्वकप छनौटतर्फ नेपालले यही जुन ६ तारीखका दिन युएईसँग र जुन ११ तारीखका दिन यमनसँग खेल्ने कार्यक्रम छ । दुवै खेलहरु साउदी अरेबियाको दमाम शहरमा हुने तय भईसकेको छ ।
नेपालको फाइनल स्क्वाडः
गोलकिपर्सः किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार,
डिफेन्डर्सः अनन्त तामाङ, अभिषेक लिम्बु, विमल पाण्डे, सनिश श्रेष्ठ, सौभाग्य राई, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द
मिडफिल्डर्सः मनिष डाँगी, बसन्त जिम्बा, भरत खवास, लकेन लिम्बु, सुमित श्रेष्ठ, मणिकुमार लामा, आशिष राई
फरवार्डर्सः जिलेस्पेजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट, आयुश घलान
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)