News
खालीबारी र बागमतीलाई सफलता
काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ खालीबारी युवा फुटबल क्लब र बागमती युवा क्लबले जित हात पारेका छन् । आइतबार दिनको पहिलो खेलमा खालीबारीले झम्सीखेल युवा क्लबलाई २–० ले हरायो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा खालीबारीका लागि मनिष गुरुङ्ग र सन्देश चौधरीले गोल गरे । यो जितपछि ११ खेलबाट १४ अंक जोडेको खालीबारी लिगतालिकाको आठौं स्थानमा उक्लेको छ । पराजित झम्सीखेल भने १६ अंकका साथ पाँचौं स्थानमा छ ।
आइतबार नै भएको दोस्रो खेलमा बागमतीले स्पोर्टस एकेडेमी साँगामाथि समान २–० को जित दर्ता गर्यो । बागमतीको जितमा दुवै गोल राज भुषालले गरे । यो नतिजापछि ११ खेलबाट २६ अंक जोडेको बागमती लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । पराजित साँगा भने १५ अंकका साथ सातौं स्थानमा छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)