News खालीबारी र बागमतीलाई सफलता
गोलनेपाल

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ खालीबारी युवा फुटबल क्लब र बागमती युवा क्लबले जित हात पारेका छन् । आइतबार दिनको पहिलो खेलमा खालीबारीले झम्सीखेल युवा क्लबलाई २–० ले हरायो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा खालीबारीका लागि मनिष गुरुङ्ग र सन्देश चौधरीले गोल गरे । यो जितपछि ११ खेलबाट १४ अंक जोडेको खालीबारी लिगतालिकाको आठौं स्थानमा उक्लेको छ । पराजित झम्सीखेल भने १६ अंकका साथ पाँचौं स्थानमा छ ।

आइतबार नै भएको दोस्रो खेलमा बागमतीले स्पोर्टस एकेडेमी साँगामाथि समान २–० को जित दर्ता गर्यो । बागमतीको जितमा दुवै गोल राज भुषालले गरे । यो नतिजापछि ११ खेलबाट २६ अंक जोडेको बागमती लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । पराजित साँगा भने १५ अंकका साथ सातौं स्थानमा छ ।

Post Comments